काठमाडौं- पछिल्लो समय नेपाल स्टक एक्सेन्च नेप्से) मा लगातार बढी रहेको चन्द्रागिरी हिल्सको शेयरमुल्य आज (सोमबार) ७.१७ प्रतिशतले घटेको छ ।
आज कम्पनीको शेयर मुल्य १४९ अंकले घटेको हो । कम्पनी शेयर कारोबार २ हजार १८२ रुपैंयाबाट सुरु भएको हो भने कारोबारको अन्तिम दिन कम्पनीको शेयर कारोबार २ हजार ७९ रुपैंयामा बन्द भएको थियो ।
यस्तै आज कम्पनीको शेयर कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको चाप उच्च रहेको थियो । आज कम्पनीले १ लाख ८३ हजार ६ सय २३ कित्ता शेयर खरिद बिक्री गर्दा ३७ करोड ७ लाख ७६ हजार रुपैंया बराबरको कारोबार गरेको छ ।
प्रतिक्रिया