काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगैं नेपाल कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८०) पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोमबार थप ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको हो। निको हुने दर ९८.४ प्रतिशत हो।
सोमबारसम्म १३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। ५६ जना क्वारेन्टाइन र १३ सय ४१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। पछिल्लो समय कोरोनाको ग्राफ विस्तारै बढ्दै गएको भन्दै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया