नेप्सेमा दुई लघुवित्तको शेयरमुल्य ९ % भन्दा बढीले वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च –नेप्सेमा दुई लघुवित्तको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज नेप्सेमा महिला लघुवित्त वित्तिय संस्था र सुमित लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

महिला लघुवित्तको ९.८५ प्रतिशत र सुमित लघुवित्तको शेयरमुल्य ९.४३ प्रतिशतले बढेको हो ।

महिला लघुवित्तको शेयर कारोबार आज ५ सय ६४ रुपैंयाबाट सुरु भएको थियो भने सुमित लघुवित्तको शेयरकारोबार १ हजार ३७० रुपैंयाबाट सुरु भएको थियो ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया