काठमाडौं- कारोबारको पहिलो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५.४५ अंकले ओरालो लागेको छ ।
कारोबारको सुरुवात देखि नै उकालो ओरालोको यात्रातय गर्दै परिसुचक ०.२१ प्रतिशत अर्थात ५.४५ अंकले ओरालो लाग्दै २५४३.५२ को बिन्दुमा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसुचक पनि आज सामान्य अंकले ओरालो लागेर कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ४४९.९२ को बिन्दुमा पुगेको हो ।
तीन बजेसम्म आउँदा कारोबारका १३ उपसमुहमध्ये ३ उपसमुह बढेका छन् । अन्तिम समय आउँदा हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समुह बढेका हुन् भने १० उपसमुह ओरालो लागेका हुन् ।
कारोबारको अन्तिम समय सम्म आइपुग्दाँ २०९ कम्पनीको ९१ करोड ३८ लाख ९३५ कित्ता शेयर ६४ हजार ५१५ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ४१ करोड ३ लाख रुपैैंया बराबरको कारोबार भएको छ ।
यसैगरी, कारोबार आएका कम्पनीमध्ये निफ्राले ४४ करोड ३१ लाख रुपैंया बराबरको उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया