आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल

५ बर्ष अगाडि

काठमाडौं - हिमालयन हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । 

आइपीओ निष्काशनका लागि कम्पनीले २०७६ कार्तिक २७ गते अनुमति मागेको थियो । यस हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हालसम्म यस आयोजनाको ८० प्रतिशत बढी भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया