काठमाडौं- कारोबारको पहिलो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च –नेप्सेमा कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ सामान्य अंकको वृद्धि भएको छ ।
एक बजे सम्म आइपुग्दाँ परिसुचक १.३१ अंकले बढेर २२५०.२८ को बिन्दुमा पुगेको हो ।
कारोबारको सोही अवधीसम्म कारोबारका १३ उपसमुहमध्ये ६ उपसमुह भने बढेका छन् ।
दुई घण्टाको अवधीमा कारोबारमा आएका २०३ कम्पनीको ४३ लाख ३० हजार ५८३ कित्ता शेयर ३२ हजार ९९० पटक खरिद बिक्री भएको छ ।
कारोबारमा आएका उक्त कम्पनीहरुको २ अर्ब ७ करोड २१ लाख रुपैंया बराबारको कारोबार भएको छ ।
प्रतिक्रिया