काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी आइपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ निष्कासनको तयारी गरेको हो ।
आईपीऋो जारी गर्न कम्पनीले सेबोनमा मंसिर १० गते निवेदन दिएको छ । जसको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामास्थित ङादी खोलामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ ।
कम्पनीको जारी पूँजी १ अर्ब ५० करोडको १० प्रतिशतले १५ करोड बरावरको १५ लाख कित्ता सर्वसाधारण शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि निष्काशन गर्न लागेको छ ।
साथै जारी पूँजीको २ प्रतिशतले हुने मूल्य ३ करोड बराबरको ३ लाख कित्ता संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि र बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लगि रहेको छ ।
त्यस्तै २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको गरी जम्मा ४० लाख ५० हजार कित्ता शेयर निष्काशन हुने बताइएको छ ।
प्रतिक्रिया