अनलाइन सिस्टमले सेयर बजार डामाडोल, कारोबारमा सुस्तता

७ बर्ष अगाडि

सेयर बजारमा अनलाइन प्रणाली भित्रिएपछि कारोबार नै अन्यौलपूर्ण देखिएको छ । सिस्टमले राम्ररी काम गर्न नसक्दा र ब्रोकरले कारोबार गर्न नजान्दा सोमबार सेयर बजारमा १३ करोड रुपैयाँको मात्र कारोबार भयो । १३.३ अंकले घटेको बजारमा फाइनान्स समुहले भने झिनो अंकले बृद्धि गरेको छ । बाँकी सबै समुहमा गिरावट आएको छ ।  कारोबारमा १३१ कम्पनी सामेल भए ।

आज सबैभन्दा बढी प्रभु बैंकको १ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा हिजो मात्र नगद लाभााश दिने घोषणा गरेको स्ट्याण्डर्ड चार्टड बैंकको  ५८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । 

तर यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने सफ्टवेयरमा समस्या भनदा पनि चलाउन नजानेकाले कारोबारमा कमी आएको बताउँछ । लगानीकर्ताहरु अनलाइन सिस्टम प्रभावकारी बनाउन माग गरिरहेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया