विश्वकप फुटबलको युरोपियन छनोट अन्तरगर्त आज १५ खेल हुँदैछन्।
आज नेपाली समय अनुसार अहिले समूह ‘डी’ मा रहेको विश्वविजेता फ्रान्सले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। काजकिस्तानको घरेलु मैदान एस्टना एरिनामा भइरहेको रहेको छ भने नेपाली समयअनुसार ९ः४५ मा समूह ‘आइ’ मा रहेको इंग्ल्यान्डले अल्बानियासँग प्रतिस्पर्धा गर्दैछ।
यस्तै राति १२ः३० मा यसै समूह अन्तर्गत हंगेरीले सान मारिनोसँग प्रतिस्पर्धा गर्दा पोल्यान्डले एन्डोरासँग १२ः३० मानै प्रतिस्पर्धा गर्नेछ।
समूह ‘बी’मा रहेको घरेलु टिम जर्जियाले स्पेनसँग राति ९ः४५ मा खेल्दैछ। यही समूहको अर्को खेलमा कोसोभोले स्वीडेनसँग राति १२ः३० मा खेल्दैछ।
समूह ‘जे’ मा रहेको जर्मनीले भने आफ्नो दोस्रो खेलमा रोमानियासँग प्रतिस्पर्धा गर्दैछ। १२ः३० बजे सुरु हुने खेलमा घरेलु टिम रोमानियाविरुद्ध जर्मनी जितको खोजीमा हुनेछ।
त्यस्तै, यसै समूहमा हुने अर्को खेलमा अर्मेनियाले आइसल्यान्डसँग राति ९ः४५ बजे खेल्नेछ। नर्थ मासेडोनियाले लेच्टेस्टाइनसँग राति १२ः३० बजे खेल्नेछ।
प्रतिक्रिया