अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले एभरेष्ट प्रिमियर लिग खेल्ने !

४ बर्ष अगाडि

अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० खेल्ने भएका छन् । विश्व क्रिकेटमा मिस्टर ३६० को उपनामले परिचित एबीडीले इपीएलको आगामी संस्करण खेल्ने भएका छन् । 

एबीडीलाई ललितपुर प्याट्रियट्सले अनुबन्ध गर्न लागेको  इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । 
अख्तरले आगमी संस्करणको इपीएलमा एबीडी नेपाल आउने पक्का भैसकेको तर कुन टिमको साथमा खेल्ने भन्ने कुरा फाइनल भइनसकेको बताएका छन् ।

एबीडी २०१२ मा टेस्ट कप्तान भएका थिए २०१३ मा आइसिसी टेस्ट र ओडिआईमा शिर्ष वरियतमा रहेको थिए । उनी आइपीएलमा  रोयल च्यालेन्जर्स बेङ्लोरको तर्फबाट पनि खेलिसकेका छन्।  उनी २०१४ मा आइसिसी ओडिआई वर्ष खेलाडीसमेत बनेका थिए ।

सन् २०१५ जनवरी १८मा एबीडिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र शतक लगाउने खेलाडी भएका थिए । 

उनले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिमका विरुद्ध आफ्नो शतक ३१ बलमा पुरा गरेका थिए साथै आउट हुनु पुर्व उनले ४४ बलमा १४९ रनको किर्तिमान स्थापित गरेका थिए ।
उनले टेस्ट क्रिकेटमा ८७६५ र एकदिवशीय क्रिकेटमा ९५७७ रन बनाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया