आइपीओ निष्काशन गर्दै ग्रीन भेन्चर हाइड्रोपावर, बिक्री प्रबन्धक लक्ष्मी क्यापीटल

५ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्टर हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको हो । 

आईपीओ निष्काशनका लागि कम्पनीले फागुन २८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहने छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कम्पनीका प्रबन्धक बद्री रिजालका अनुसार हालसम्म आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत बढी सम्पन्न भइसकेको छ ।

आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ ।

आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया