६० लाख कित्ता आईपीओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

५ बर्ष अगाडि

काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्दै छ ।  कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । 

जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ ।
 
आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा सेयरमूल्य तय हुने कम्पनीले जनाएको छ । 

कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने जनाएको छ । हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासन पश्चात रू. ४ अर्ब पुग्नेछ । 

कम्पनीले आईपीओ० निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ  ।

त्यस्तै, कम्पनीले सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया