भारतीय 'आई लिग'को उत्कृष्ट गोलकिपर किरण चेम्जोङ

४ बर्ष अगाडि

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ भारतको शीर्ष डिभिजन लिगमा उत्कृष्ट गोलकिपर बनेका छन् । 

पन्जाब एफसीबाट यस सिजनको आई लिग खेलेका किरण उत्कृष्ट बनेका हुन् । शनिबार सकिएको आई लिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका हुन् ।

तर, आई लिगको समापन समारोहमा किरणको उपस्थिति रहन सकेन । उनी लिगको एक खेल बाँकी रहदै नेपाल फर्किएका थिए ।

उत्कृष्ट गोलकिपर बनेसँगै किरणले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । आई लिगको उपाधि भने गोकुलम केरेलाले जितेको छ ।

एन्फाले आयोजना गरेको थ्री नेसन्स कप फुटबलका लागि किरण खेल सकिनुअघि नै नेपाल फर्किएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया