युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन

५ बर्ष अगाडि

युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन हुने भएको छ । संस्थापक शेयरको अनुपात ६० प्रतिशत रहेकोमा कम्पनीले  ५१ प्रतिशत कायम गर्ने  भएको छ । 

सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक शेयर कायम गरी बाँकी रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने लागेको कम्पनिले  बताएको छ ।

सो अनुपातमा संस्थापक शेयर कायम गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा लिखित जानकारी गराउन कम्पनीले भनेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया