मेलम्चीको पानी भोलि देखि काठमाडौंका धारामा  !

४ बर्ष अगाडि

मेलम्चीको पानी  भोलि (चैत्र १५ गते) देखि काठमाडौंका धारामा आउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी भोलीबाट काठमाडौँका धारामा पठाउने भएको हो । 

आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानीले पूर्णता पाउन लागेको हो । गत  फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा मेलम्चीको पानी सुरुङ मार्फत पठाइएको थियो। परिक्षण सफल भएपछि आयोजनाले धारा–धारामा  पानी पठाउन लागेको हो । 

काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका  प्रवक्ता प्रकाशकुमार राईले बताए । राईका अनुसार ८० हजार धारामा पाइपलाइन जडान गरिएको र दुई चरणमा गरी १७  करोड लिटर पानी वितरण गरिने छ  । 

 अहिले सम्म ८० हजार धारामा पाइपलाइन जोडिएको छ भने ३० हजार धारामा पाइपलाइन जोड्न बाकीँ रहेको छ । खानेपानी वितरणका लागी अन्तिम चरणको परिक्षण बाँकी रहेको खानेपानी लिमिटेडले जनाएको छ । 

परीक्षण अवधि  तीन महिना रहेकाले  पुरानै पाइपबाट पानी पठाइने र त्यस पस्चात नयाँ पाइप परीक्षणका लागि १० प्रतिशत पानी पठाइने योजना रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया