समर्थन फिर्ता नलिन म माथि दबाब छ तर राजनीतिक र नैतिक रूपमा  म कुर्न सक्दिन : प्रचण्ड

४ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । 

नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनमा नै समर्थन फिर्ता लिने बताएका हुन् । 

समर्थन फिर्ता नलिन आफू माथि दबाब भए पनि राजनीतिक र नैतिक रूपमा धेरै दिन कुर्न नसक्ने पनि बताएका छन् ।  उनले भने, 'हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिई है भनिरहेका छन् । समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन् ।' उनले थपे, 'अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ ।'

राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए । जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया