काठमाडौं - नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल (खनाल–नेपाल) पक्षकी नेत्री रामकुमारी झाँक्रीले पार्टी बचाउने संकल्प लिएको बताएकी छन् ।
शनिवार एक ट्वीट गर्दै उनले दम्भ, अहंकार र घमन्डलाई पचाएर भएपनि पार्टी बचाउने तिर नै लाग्ने बताएकी हुन् ।
पार्टी भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने भन्दै पार्टी र आन्दोलनलाई विसर्जन हुनबाट बचाउनु अहिलेको युगिन दायित्व भएको पनि बताएकी छिन् ।
उनले लेखेकी छन्, 'दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी ।'
शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा खनाल–नेपाल पक्षका सांसदहरू पनि उपस्थित भएपछि अब पार्टी विभाजन नहुने तर्क भइरहेको बेला झाँक्रीले यस्तो बताएकी हुन् ।
प्रतिक्रिया