नेपाल र बंगलादेश भिड्दै, बराबरी भए नेपाल फाइनलमा

४ बर्ष अगाडि

काठमाडौं - थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । 

नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । 

प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ । त्यसैले यस खेल नेपालका लागि महत्वपूर्ण रहेको छ ।

बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । जसको कारण बंगलादेश नेपालविरुद्ध डररहित मैदान उत्रनेछ । 

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमलाई १-० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया