नेपाल, नेदरल्यान्ड्स र मलेसियाले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट खेल्ने

४ बर्ष अगाडि

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट  सिरिजको घोषणा गरेको छ । क्यानले शुक्रवार  बजाज पल्सर त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज को घोषणा गरेको हो ।  खेल अप्रिल १७–२४ (वैशाख ४ देखि ११ गते)सम्म  काठमाडौँमा सन्चालन हुनेछ।

त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
 
कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखि पीसीआर टेस्ट समेत गरिनेछ ।सिरिजलाई बजाज र शिभम सिमेन्टले प्रायोजन गरेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया