ज्योति लाइफको आईपीओ नतिजा ६ बजे पछि मात्र हेर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं - ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को रिजल्ट ६ बजे पछि मात्र हेर्न सकिने भएको छ । 

कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । 

यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको हो । आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली भएको छ । 

जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो । कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया