साताको सेयर : नेप्सेमा करिब ७४ अंकको वृद्धि, कारोबार रकम साढे २९ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  यो साता नेपाल स्टक एक्सेन्च(नेप्से)परिसुचक झन्डै ७४ अंकले बढेको छ । यो साताको अन्तिम दिन सम्म आउँदा परिसुचक ७३.८८ अंकले बढेको हो । यो साता परिसुचक २४७५.०९ को बिन्दुबाट सुरु भएको थियाे । 

यो साता कारोबारमा आएका कम्पनीहरुले ६ करोड ३१ लाख २१ हजार ६४ कित्ता शेयर ३ लाख ५१ हजार ५१० पटक खरिद बिक्री हुदाँ २९ अर्ब ५८ करोड ८२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कुन दिन कति कारोबार ?

कारोबारको पाँच दिन मध्ये यो साता कारोबारको पहिलो दिन (आइतबार) नेप्से परिसुचक ६३.३८ अंकले बढेर २५३८.४७ को बिन्दुमा पुगेको थियो । यस दिन नेप्सेमा २०६ कम्पनी कारोबारमा आएका थिए  । कारोबारमा आएका उक्त कम्पनीले १ करो २४ लाख ३० हजार २ कित्ता शेयर ८० हजार ९८६ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ९१ करोड ९८ लाख रुपैंया बराबरको कारोबार भएको हो ।

कारोबारको दोस्रो दिन (सोमबार) नेप्से परिसुचक दोहोरो अंकले घटेको थियो । यस दिन नेप्से परिसुचक २५३८.४७ बाट सुरु भएर २४.०८ अंकले ओरालो लाग्दै २५१४.३९ को बिन्दुमा पुगेको छ । यो नेप्सेमा २११ कम्पनी कारोबारमा आउँदा १ करोड ९ लाख ३१ हजार ३१३ कित्ता शेयर ६१ हजार ४८७ पटक खरिद बिक्री भई ५ अर्ब ३५ करोड १३ लाख रुपैंया बराबरको कारोबार भएको थियो । 
 
यस्तै कारोबारको तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक १४.५७ बढेको थियो । परिसुचक १४.५७ अंकले उकालो लागेर २५१४.३९ मा पुगेको हो । कारोबारमा आएका २०८ कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर ६१ हजार ४२२ पटक खरिद बिक्री हुदाँ ५ अर्ब १४ करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको हो ।

कारोबारको चौथो दिन (बुधबार) परिसुचक ४१.०१ अंकले उकालो लाग्दै २५७०.२६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो दिन कारोबारमा आएका २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर ७२ हजार ९५७ पटक खरिद बिक्री हुदाँ साताकै उच्च कारोबार ६ अर्ब ६७ करोड ४४ बराबरको कारोबार भएके हो ।   

कारोबारको अन्तिम दिन ( बिहीबार) नेप्से परिसुचक कारोबारको अन्तिम समय सम्म आइपुग्दाँ २१.२९ अंकले ओरालो लागेको हो । कारोबारको अन्तिम दिन परिसुचक २५७०.२६ को बिन्दुबाट सुरु भएको थियो । कारोबारको बीचमा परिसुचक २५ अंकले बढ्दै साताकै  उच्च बिन्दु २५९५.८८ को बिन्दुमा पुगेको थियो तर अन्तिम आउँदा परिसुचक घटेर २५४८.९७ को बिन्दुमा पुगेको हो । यो दिन परिसुकमा कारोबार भएका  २०८ कम्पनीको १ करोड २५ लाख ४८ हजार १४८ कित्ता शेयर ७४ हजार ६५८ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५० करोड ८ लाख बराबरको कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया