काठमाडौं - ज्योति लाइफको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको हो । आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना ९दोहोरो आवेदक सहित० आवेदकको हात खाली भएको छ ।
जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो । कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन् ।
पछिल्लो व्यवस्था अनुसार लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।
आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी पोर्टलमा पनि आइपीओ रिजल्ट हेर्न सकिनेछ ।
प्रतिक्रिया