काठमाडौं- मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले फागुन २८ गते बिक्रीमा ल्याएको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (शुक्रबार) अन्तिम दिन रहेको छ।
फाइनान्सले न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो।
सो शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
प्रतिक्रिया