नयाँ नोट साट्न अब दशैं कुर्नु नपर्ने, कुन–कुन चाडमा कहाँ कहाँबाट पाइन्छ नयाँ नोट ?

७ बर्ष अगाडि

काठमाडौं – नयाँ नोट साट्न दशै नै कुर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशै तिहारका अलावा अन्य चाँडबाँडका लागि पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गर्ने भएको छ । 

दशैसँगै नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, जितिया पर्व, योमरी पुन्ही ज्यापु दिवस, ल्होसार, क्रिसमस, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, इद लगायतका राष्ट्रिय पर्वमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।  

देशका विभिन्न जातजाती र भाषा भाषीले मनाउने चाँडवाँड तथा राष्ट्रिय दिवसमा नोट सटही गर्न पाइनेछ । सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढीबाट पाइन्छ । 

यस अघि दशैमा मात्र नयाँ नोट दिने गरेको राष्ट्र बैंकमा नोट सटहीको लागि भिड लाग्ने गरेको छ । अन्य चाँडवाँडमा पनि नयाँ नोट साट्न पाइने भएपछि भिडभाड कम हुने विश्वास लिइएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया