काठमाडौं- पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर
निको हुनेको कुल संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।
यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया