काठमाडौं- साताको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा चन्द्रागिरी हिल्सको ३० हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
कारोबारको अन्तिम दिन कम्पनीको ३० हजार ४ सय २० कित्ता शेयर खरिद बिक्री भएको छ । कम्पनीको उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ६ करोड ३२ लाख २१ हजार ६३० रुपैंया बराबरको कारोबार भएको छ ।
कम्पनीको उक्त शेयर ब्रोकर नम्बर १ ले खरिद गरेको छ भने बोक्रर नम्बर ३२, २९,४१, ३२,३३,१६ र ५६ बिक्री गरेका छन् ।
आज कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लाग्दै शेयर मुल्य २ हजार माथि पुगेको छ ।
प्रतिक्रिया