ओरालो यात्रामा नेप्से,कारोबार रकम भने साढे ४ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन(बिहीबार) नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दाँ ६ अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएको पहिलो र दोस्रो घण्टा सम्म झिनो अंकले ओरालो लागेको नेप्से परिसुचक तेस्रो घण्टा सम्म आउदा ओरालो यात्रा तय गरेको छ ।

परिसुचक ६.०९ अंकले ओरालो लाग्दाँ १३ उपसमुह मध्ये ५ उपसमुह बढेका छन् भने बाँकी उपसमुह ओरालो लागेका छन् ।

सोही अवधीसम्म कारोबारमा आएका २०६ कम्पनीको ८२ लाख ३३ हजार ३४२ कित्ता शेयर ५२ हजार ६३ पटक खरिद बिक्री हुदाँ  ४ अर्ब ४० करोड २२ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया