बोटलर्स नेपालको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि,शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से)मा बोटलर्स नेपाल(तराई) लिमिठटेडको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । 
 
कारोबारको दुई घण्टामा नेप्सेमा सो कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ८९३ अंकले बढ्दै शेयरमुल्य ९ हजार ८२८ मा पुगेको छ । आज कम्पनीको शेयरमुल्य ९ हजार ११३ रुपैंयाबाट सुरु भएको थियो । 

शेयर बजारमा हाल कम्पनीको शेयर कारोबारमा खरिद कर्ता र बिक्री कर्ताको चावप उच्च देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया