काठमाडौं- कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको केही समयमै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मुल्य आज ९.९७ प्रतिशत १ सय १६ अंकले बढेको हो । आज कम्पनीको शेयर कारोबार १ हजार २२१ रुपैंयाबाट सुरु भएको हो । अहिले कम्पनीको शेयर मुल्य बढेर १ हजार २७९ मा पुगेको छ ।
आज कम्पनीले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव संगैं इन्स्योरेन्सको शेयरमा खरिदकर्ता र बिक्री कर्ताको बढ्दो आकर्षण देखिएको छ ।
प्रतिक्रिया