प्रि ओपन सेसनमा साढे १४ अंक बढ्यो नेप्से,४८ कम्पनी कारोबारमा

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंक बढेको छ।

बुधबार ४१.३० अंक बढेर २५७०.२५ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १४.५४ अंक बढेर २५८४.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४८ कम्पनीको ७१ लाख १ हजार ४२० रुपैयाँ बराबरको ८ हजार ८८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया