काठमाडौं– सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।
राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया