काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) ले उपत्यका बाहिरका शहरमा शाखा खोल्न पाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई उपत्यका बाहिरका शहरमा शाखा कार्यालय खोल्ने अनुमति दिएसँगै उनीहरुले शाखा खोल्न पाउने भएका हुन् ।
करिब ३५ वटा ब्रोकरले २ वर्ष भन्दा अघि नै उपत्यका बाहिर शाखा कार्यालय खोल्न बोर्डमा अनुमति मागेपनि बोर्डले दुईवर्षदेखि उनीहरुको निवेदनमाथी कुनै कारबाही गरेको थिएन ।
गएको फागुन दोस्रो सातादेखि ४ वटा ब्रोकर कम्पनीलाई उपत्यका बाहिरका ५ शहरमा शाखा कार्यालय खोल्न अनुमति दिँदै बोर्डले शाखा खोल्ने नियम खुल्ला गरेको छ ।
यसरी शाखा खोल्नका लागि ब्रोकर नं. ३४ को भिजन सेक्युरिटी, ३६ नम्बरको सेक्युर्ड सेक्युरिटिज लगायत अरु २ कम्पनी छन् ।
४ वटा कम्पनीले चितवन, नवलपरासी, झापा, तनहुँ र म्याग्दीमा नयाँ शाखा खोल्न अनुमति दिएको जनाएको छ ।
अनुमतिसँगै धितोपत्र बोर्डले शाखाको लागि मापदण्ड समेत परिवर्तन गरेको छ । शेयर कारोबारका लागि कम्पनी खोल्न पहिला न्यूनतम १ हजार स्क्वायरफिट क्षेत्रफल जग्गा चाहिनेमा अहिले ५ सय स्क्वायरफिटमात्र भए पुग्ने गरि मापदण्ड बनाइएको छ ।
प्रतिक्रिया