यी हुन् पिएचडी गर्ने १४ सांसद !

४ बर्ष अगाडि

प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका  सांसदहरुको शैक्षिक अवस्थाको विवरण सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले कुल ३ सय ३४ सांसदहरुको शैक्षिक अवस्थाको विवरण सार्वजनिक गरेको हो । 

विवरण अनुसार दुबै सदनमा गरेर सबैभन्दा बढी ११४ जना सांसद ले स्नातक तह उत्तीर्ण गरेका छन्। एकजनाले एमफिल गरेका छन् भने १४ जनाले विद्यावारिधि (पीएचडी) गरेका छन् । एसएलसी भन्दा तल २३ जना सांसद रहेका छन् । एसएलसी उत्तीर्ण गरेका सांसद ४६ जना रहेका छन्।

त्यस्तै, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका सांसदको संख्या ५५ जना, स्नातक तह उत्तीर्ण गरेका सांसदको संख्या सबैभन्दा बढी अर्थात ११४ जना रहेका छन् ।

दुबै सदनमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सांसदहरुको संख्या ७४ रहेको छ भने  एमफिल १ जना र विद्यावारिधि गर्ने सांसदहरुको संख्या १४ जना रहेको छ ।

पीएचडीसम्मको अध्ययन गर्ने प्रतिनिधिसभा सदस्यहरुमा डिला संग्रौला पन्त, दीपक प्रकाश भट्ट, नारायण खड्का, पुष्पा कुमारी कर्ण, बाबुराम भट्टराई, विजय सुब्बा, भीमबहादुर रावल, मिनेन्द्र प्रसाद रिजाल, बिन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, अमरेशकुमार सिंह र सूर्य पाठक छन् ।

यस्तै पिएचडी गर्ने सांसदमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल र विमला राई पौड्याल रहेका छन् । 

योग्यता नखुलेका सांसदहरुमा कर्मा घले, प्रकाश स्नेहि रसाईली, बीना मगर, मुकुन्द न्यौपाने, रेशमलाल चौधरी र विनादेवी बुढाथोकी रहेका छन्।राष्ट्रियसभाका सांसद वामदेव गौतमको पनि शैक्षिक योग्यता नखुलेको संसद सचिवालयले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया