नेप्से दोहोरो अंकले बढ्दा बजारमा रौनकता

५ बर्ष अगाडि

काठमाडाैं ।  लामो समय सुस्त रहेर केहीदिन देखि गति लिन थालेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको छ ।  साताको चौंथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से नयाँ चमकका ४१ दशमलव ३६ अंक अर्थात  १ दशमलव ६४ प्रतिशत बृद्धि भएको हो । 

बिहान २५४९.१ विन्दुबाट शुरु भएको कारोबार दिउँसो तीन बजे २५७०.३१ विन्दुमा पुगेर बन्द भएको छ । लामो समयदेखि सुस्त भएको बजार केहीदिनदेखि सुधार हुँदै जाने क्रममा आज ६ अर्ब ६७ करोडको कारोबार भएको छ । 

कारोबारमा आएका २ सय ८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ७२ हजार ९५७ पटक कारोबार भएको थियो । 

झण्डै आधादर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुग्दा निफ्राले सबैभन्दा धेरै कारोबार गर्दै अग्रहस्थानमा रहेको छ । निफ्राको १ लाख १४ हजार ९ सय ७३ कित्ता सेयर १० हजार ९ सय ९५ पटक खरिदबिक्री हुँदा रु ६ करोड ५१ लाख ५० हजार भन्दा धेरैको कारोबार भएको थियो । 

आज सबैभन्दा धेरै ब्यापार समूहका लगानीकर्ताको सेयरमूल्य बढ्दा लगानी, लघुवित्त, होटल तथा पर्यटन, बिमा, फाइनान्स लगायतका समूहमा अधिक तेजी देखियो । ब्यापर उपसमूहको सेयर मूल्य ९ दशमलव ४ प्रतिशत अर्थात ३८१.११ अंकले बढेको छ ।  हाइड्रो पावर समूहका लगानीकर्ताले भने बुधबार लगानी गुमाएका छन् । हाइड्रोको भने ०.६३ अर्थात १४.९५ अकंले घटेको छ ।  

बुधबार सबैभन्दा धेरे कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन रह्यो भने सबैभन्दा धेरै गुमाउनेमा रैराङ्ग हाइड्रो रह्यो । साल्ट ट्रेडिङ्गको सेयर प्रतिकित्ता १० प्रतिशत अर्थात रु १ हजार १ सय ५५ ले बढेर १२ हजार ७ सय ५ पुगेको छ । रैराङ्ग हाइड्रोको रु १४ अर्थात ३.६० अंकले घटेर ३७५मा झरेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया