नेप्से ४१.३ अंकले उकालो लाग्यो

५ बर्ष अगाडि

कारोबारको चैथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) लगातार उकालो लागेको छ । कारोबार सुरु भएको अन्तिम  घण्टामा आइपुग्दा परिसुचक ४१.३ अंकले बढेको छ । 

कारोबारको सुरुवात देखि उकालो लागेको नेप्से ३ बजे सम्म आइपुग्दा १.६३ प्रतिशतले बढेकाे हो । 

चार घण्टाको अवधीमा कारोबारमा आएका  १३ उपसमूह मध्ये  हाइड्रोपावर सेक्टर भने ०.६३ अङ्कले ओरालो लागेको छ । 

सोही अवधीसम्म कारोबारमा आएका २०६ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता शेयर ७२ हजार ९ सय ५७ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैंया बराबरको कारोबार भएको छ । 
  

५ बर्ष अगाडि

प्रतिक्रिया