काठमाडौं- अहिले बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आईपिओ निष्कासनको लागि पाइपलाइनमा रहेको छ ।
कम्पनीेले नेपाल धितो पत्र बोर्डमा आईपिओ निष्कासनका लागि माघ ८ गते आवेदन दिएको थियो ।
कम्पनीले स्थानीय सर्वसाधारणका लागि १ लाख २० कित्ता बराबरको रु १२ करोडको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीकोे बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल लिमिटेडले जिम्मा लिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपिओ निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया