कारोबारको दोस्रो घण्टा : नेप्सेमा ३१.३९ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौंं- साताको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ ३१.३९ अंकले उकालो लागेर २५६०.३४ को बिन्दुमा पुगेको छ ।

आज नेप्से परिसुचक २५२८.९५ को बिन्दुबाट सुरु भएको थियो । दुई घण्टाको अवधीमा परिसुचक १.२४ प्रतिशतले बढेको हो ।

कारोबारका सबै उपसमुहमा १ बजेसम्म आइपुग्दाँ हरियाली छाएको छ ।

सोही अवधीसम्म कारोबारमा आएका २०४ कम्पनीको ८७ लाख ४ हजार ४५४ कित्ता शेयर ३५ हजार ९२५ पटक खरिद बिक्री हुदाँ  ३ अर्ब १३ करोड ७ लाख रुपैंया बराबरको कारोबार  भएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया