कारोबारको पहिलो घण्टा : नेप्सेमा दोहोरो अंंकको वृद्धि, कारोबार रकम साढे १ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको एक घण्टा सम्म आइपुग्दाँ दोहोरो अंकले बढेको छ ।

कारोबार सुरु भएको १ घण्टामा परिसुचक २३.७८ अंकले बढेर २५५२.७३ को बिन्दुमा पुगेको छ । 

कारोबारको एक घण्टाको अवधीमा कारोबारमा आएका १३ उपसमुह मध्ये म्युअल फण्ड ओरालो लागेको छ । म्युअल फण्ड ०.०४ अंकले १२.९८ को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म कारोबारमा आएका १९२ कम्पनीको ३३ लाख २६ हजार ३२१ कित्ता शेयर २० हजार १३५ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६७ करोड ८ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया