अङ्किताको खुलासा : सुशान्तका लागि बलिउडका ठूला फिल्मको अफर छाडेकी थिए

४ बर्ष अगाडि

एजेन्सी - अभिनेत्री अङ्किता लोखन्डेले सुशान्त सिंह राजपुतका लागि बलिउडका केही ठूला फिल्मको अफर छाडेको बएताकी छिन् । 

एक अन्तरवार्तामा उनले आफूले शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’ समेत छोडेको बताएकी छन् । त्यसको पछाडि कारणको सुशान्तको करियर बनेको हेर्न चाहेको रहेको बताएकी छन् ।

यसको अलवा उनले ‘बाजीराव मस्तानी’ समेत छोडेको उल्लेख गरेकी छन् । ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि पछुताउनेछौ ।’ सो समय आफूले विवाह गर्ने बारेमा सोचेको जवाफ दिएको बताइन् ।

अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’बाट करियरकी सुरुवात गरेकी हुन् । सोही क्रममा उनको भेट सुशान्तसँग भएको थियो । यस पछि उनी ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा देखिएकी थिइन् ।

अभिनेता सुशान्तको निधन भएको अहिले ९ महिना पुगिसकेको छ । कुनै बेला उनी सुशान्तको रिलेशनशिपमा थिइन् । सोही कारण अहिले पनि उनी निशाना पर्ने गरेकी छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया