काठमाडौं- साताको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ।
मंगलबार १४.५७ अंक बढेर २५२८.९६ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा नेप्से २०.५९ अंक बढेर २५४९.५५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.१४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३६ कम्पनीको ७८ लाख २ हजार ४८० रुपैयाँ बराबरको १२ हजार ६६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया