नर्भिक अस्पतालमा बिरामीलाई मानसिक पीडा दिएर २० लाख असुली,  अप्रेसन असफल भएपछि दिल्लीमा उपचार हुँदै

५ बर्ष अगाडि

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले ब्रेन ट्युमरको बिरामीलाई अप्रेसनको नाममा २० औं लाख असुलेर दुःख दिएको घटना सार्वजनिक भएको छ । जाँच गर्न पुगेका बिरामीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि आफन्तलाई राम्रो सल्लाह दिनुको साटो भर्खर अप्रेसन नगरे नराम्रो घटना हुने भन्दै ब्ल्याकमेलिङ गरेर चर्को शुल्क असुलेर दुःख दिएको घटना सार्वजनिक भएको हो ।

लाखौँ खर्च गरेर अप्रेसन गरेपनि बिरामी ठीक नभएपछि दिल्ली पु¥याउनु परेको रूपन्देहीको बुटवलका पदम विकले सार्वजनिक गरेका हुन् । नर्भिक अस्पतालले ती बिरामीबाट २० औँ लाख रुपैयाँभन्दा बढी असुली गरेपनि उनलाई ठीक नभएपछि भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पताल पुर्याइएको खुलासा भएको छ ।

के थियो घटना ?
रूपन्देहीको बुटवल घर भएकी सूर्यलक्ष्मी बिक २०७६ सालको साउनमा नर्भिक अस्पताल भर्ना भइनचिकित्सकहरूले चेकजाँचको क्रममा ब्रेन ट्युमर भएकोले अप्रेसन गर्नुपर्ने सल्लाह दिए । 

श्रीमान पदम र आफन्तहरूले ब्रेन ट्युमरको अप्रेसन कुन ठाउँमा गर्दा धेरै प्रभावकारी हुन्छ, सल्लाह लिने क्रममै थिए । त्यसमाथि पैसाको जोहो गर्ने काम पनि हुँदै थियो । तर नर्भिकका चिकित्सकहरूले भर्खरै अप्रेसन नगरेमा ठूलो दुर्घटना हुनसक्ने भनेर श्रीमान पदमलाई इमोसनल ब्ल्याकमेलिङ गरे । 

‘नर्भिक अस्पतालका डाक्टरले उपचार गर्नुअघि यो बढ्ने खालको ट्युमर हो, कथम् तत्काल अप्रेसन नगर्ने हो भने ठूलो घटा हुनसक्छ भन्दै ज्युँदै हरेस खाने बनाइदियो,’ पदमले भने, पुरै पैसा जम्मा नगरेसम्म र तीन प्वाइन्ट रगत जम्मा नगरेसम्म अपरेशन थिएटरमै लगिएन । जब अपरेशन गरियो त्यसपछि डाक्टरहरूले नै भक्तपुरेको अर्को अस्पतालमा पठाए ।’  

पढनुहोस : नर्भिक अस्पतालमा अप्रेशन गरेर फर्केपछि मृगौलामा ढुंगा, पुनः जाँच गरेको २ लाख ६५ हजार

उनीहरूले ट्युमरका कारण बोली जानसक्छ, आँखा जान सक्छ, पक्षघात हुन सक्छ दाहिने भाग नचल्न सक्छ, बेहोस हुनसक्छ, अपांग हुन सक्छ भनेर आफूलाई अत्याएको पनि पदमले बताए ।  

त्यसपछि उनीहरु तत्काल नर्भिकमा नै अप्रेसन गर्न तयार भए । रकम पनि जुटाए । डाक्टर राजिव झा नेतृत्वको टोलीले नर्भिक अस्पतालमा २०७६ साउन १० गते सूर्यलक्ष्मीको ब्रेन ट्युमरको अपरेशन गरिएको थियो । 

तर अपरेशनको सबै शुल्क बुझाएपछि उनलाई अस्पतालले नै भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा लग्यो । तर त्यहाँपनि अस्पतालले समेत शुरुमै पैसा जम्मा नगरेसम्म भर्ना समेत लिन मानेन । पैसाको जोडजाम गरेर भर्ना गरेपछि करिब ४५ दिनसम्म रेडिएसन गरेर राख्दा फेरी लाखौँ खर्च भयो । 

रेडिएसनपछि बिरामी सूर्यलक्ष्मीलाई कहिले नर्भिक तर कहिले भक्तपुर क्यान्सर अस्पतालमामा फलोअपका लागि पुग्नै पर्ने नियम लगाइयो ।  नर्भिकमा जुन डाक्टरले अपरेशन गरेको छ उही डाक्टरको जाँच गर्न जाँदा एक पटकमा रु ५ सयको टिकट मात्रै लिनुपर्ने थियो । टिकटको म्याद जम्मा १ हप्ताको हुन्थ्यो । ‘म्याद कटेपछि ५ सय रुपैयाँको अर्को टिकट भिराइन्छ, त्यसमाथि प्रत्येक प्रत्येक ३÷३ महिनामा फलोअपमा जाँदा एमआरआई अनिवार्य गर्नै पर्ने रहेछ’, पदमले भने, ‘एकपटक एमआरआई गर्दा २२ हजार रुपैयाँ तिर्नुपर्ने हुँदो रहेछ । त्यो रिपोर्ट लिएर क्यान्सर अस्पताल जाँदा ५ सयको टिक अनिवार्य काट्नै पर्ने । यो प्रक्रिया करिब २० महिनासम्म चल्यो ।’
 
सरकारले क्यान्सरका बिरामीलाई उपलब्ध गराउने १ लाख रुपैयाँका लागि फर्जि बिल बनाएर अस्पतालले नै खाने गरेको पदमले खुलासा गरे । ‘सरकारले उपलब्ध गराउने १ लाख रुपैयाँको लागि पुरै फर्जि बील तयार गरिन्छ एक हप्तामा छ वटा बिलमा ५ हजार रुपैयाँका दरले हस्ताक्षर गर्न लगाइन्छ तर त्यो रकम के कसरी खर्च गरियो भन्ने कतै खुल्दैन,’ पदमले भने ।’

उनले सोँचेका थिए, जति पैसा खर्च भएपनि श्रीमतीलाई निको होस र घर फर्कुँला । तर अस्पतालको ठगीधन्दा चलाउने मेसोमा बिरामीका आफन्तले सोँचेजस्तो कहाँ हुनु । नर्भिक र काठमाडौं क्यान्सर अस्पतालले साझेदारीमा २० औँ लाख लुटेपछि बिरामी निको भएर घर फर्कने अबस्था भने भएन । धेरै महिनाको ओहोरदोहोरपछि पनि फेरी फेरी अपरेशन गर्नुपर्छ भनियो । ‘विरामी जहाँको त्यहीँ रहयो । हामी परिवारलाई पीडामाथि पिडा दियो’, पदमले लामो स्वास तान्दै भने । 

पढनुहोस : नर्भिक अस्पतालमा लफडा: पूर्व एआईजी सिंहको अधिकार खोसेर छोरी मेघालाई

नर्भिक अस्पतालले फेरी अपेशन गर्नुपर्छ भनेपछि उनीहरु यहाँ उपचार गर्नु ठीक छैन भनेर घर फर्किए । घरमा केही समय बसेर पैसाको जोहो गरेपछि उनीहरु दिल्ली हानिए । नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ । 

‘२ ठूला भनिएका अस्पतालमा २० लाख रुपैयाँ खर्च गरेर पनि विरामी निको हुन नसकेपछि म बाध्य भएर दिल्ली आएको हुँ, प्रथम चरणको उपचार चेकतप र अपरेशन सकिएको छ । दोस्रो चरणको मार्चदेखि शुरु हुन्छ’, पदमले भने, ‘अपरेशनपछि श्रीमतीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।’

उनले नेपालका अस्पतालमा ठगीमा परेर हैरान भएपछि उपचारका लागि दिल्ली पुग्ने नेपालीहरु धेरै भएको अफूूले भेटेको पनि बताए । तर नेपालको उपचार र त्यहाँको उपचारका धेरै अन्तर भएकोले कम खर्चमा राम्रो उपचार हुने गरेको उनको बुझाइ छ । ‘सारा पैसा नेपालमै खर्च गरेर सकिएपछि यहाँ उपचार गर्न आउने नेपालीहरु रहेछन् । माथिल्लो तलाको जनरल वार्डमा सबै नेपालीहरु नै छन्’, उनले भने, ‘नेपालको उपचार पद्धती र राजिव गान्धी अस्पतालको उपचार पद्धतीमा धेरै भिन्नता रहेछ ।’ 

आफूले जस्तै कयौँ विरामीले यो पीडा भोगेको भएपनि राज्यले जनतालाई आधारभूत स्वास्थ्य सुविधा दिन नसकेको र निजीका नाममा बिरामी लुट्ने अस्पतालको बारेमा कुनै निगरानी नगरेकोप्रति उनको गुनासो छ ।   ‘नेपालमा उपचार गर्न नसकेर नतमस्तक भएर घर फर्केका हामी दिल्लीमा राम्रो सँग उपचार गरिरहेका छौँ र म जस्ता कयौँ विरामीले यो पीडा भोगेका छौँ’, पदम प्रश्न गर्छन, ‘तर, हाम्रो राज्यको ध्यान खोई ? गरिबको राज्य कहाँ छ ,’ गाँस, बास, कपास, स्वास्थ्य शिक्षा, सुरक्षा त राज्यको दायित्व होइन र ? के सरकार गरिबको लागि होइन ? सरकार छ भन्ने महशुस हामीले कहिले गर्ने ?’

उनका अनुसार नेपालबाट भारतमा जाने नेपालीले क्यान्सरको उपचारमा मात्रै करिब १५ देखि १६ लाख रुपैयाँ खर्च गर्दै आएका छन् । भारतको राजिव गान्धी अस्पतालमा एकै वर्षमा १२ सय जना नेपालीले उपचार गर्ने गरेका छन् । भारतकै अन्य २० ठूला अस्पतालमा हजारौँ नेपालीले उपचार गराइरहेका छन् ।

पढनुहोस :  नर्भिक हस्पिटलको एम्बुलेन्सले मोटरसाइकल र भ्यानलाई ठक्कर दिएर भाग्यो, एक घाइते
 

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया