काठमाडौं - चैत ६ गते शुक्रबारदेखि आईपीओ जारी गरेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटको आईपीओमा अन्तिम दिन मंगलबार ५ बजेसम्ममा १६ लाख २३ हजार बढी आवेदन परेको छ ।
हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार मंगलबार ५ बजेसम्ममा १६ लाख २३ हजार ४५० वटा आवेदनबाट २ अर्ब ४७ करोड २० लाख ४५ हजार रूपैयाँ बराबरको २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर माग भएको हो ।
कम्पनीले कर्मचारी र म्युचुअल फण्डका इकाईलाई सुरक्षित गरी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा सोमबारसम्म ९।३६ गुणा बढी माग परेको छ ।
कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो । अन्तिम दिनसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार उच्च आवेदनका कारण १६ प्रतिशत आवेदकले मात्र शेयर पाउनेद्धन् भने ८४ प्रतिशत अर्थात १३ लाख ६० हजार आवेदकको हात खाली हुने देखिन्छ ।
प्रतिक्रिया