काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन मंगलबार साँझ सम्ममा ९ गुणा भन्दा धेरै आवेदन परेको छ ।
बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार मंगलबार साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
कम्पनीले शुक्रबार ९चैत ६ गते० बाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया