पछिल्लो २४ घण्टामा १८८ जनामा संक्रमण पुष्टि, ७७ जना संक्रमणमुक्त

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको नमूना परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण देखिएको हो । 

यस्तै, सोही अवधीसम्म मुलुकभर  ७७ जना कोरोनामुक्त भएका छन् । २ लाख ७२ हजार ९७ जना निको हुँदा ३ हजार १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार सक्रिय संक्रमितको संख्या १ हजार १२८ पुगेको छ ।

क्वारेन्टीनमा रहनेको संख्या भने ४८ छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया