काठमाडौं- साताको तेस्रो दिन अर्थात मंगलबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ सम्म दोहोरो अंकले बढेको हो ।
आज २५१४.३८ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दाँ १४.५७ अंकले बढेर २५२८.९५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस्तै कारोबारका १३ उपसमुहमध्ये कारोबारको अन्तिम समयसम्म आउँदा ७ उपसमुह बढेका छन् भने बाँकी ६ उपसमुह ओरालो लागेका हुन् ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनीक १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर ६१ हजार ४२२ पटक खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा आएका कम्पनी मध्ये निफ्राले ५२ करोड ६० लाख ९४ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया