किसान लघुवित्तसंग नेप्सेले माग्यो स्पष्टिकरण, के हुन् सक्छ त कारण ?

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थासंग  स्पष्टिकरण मागेको छ ।

कम्पनीले नेप्सेमा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना नियम विपरित पठाएकाले शेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण मागेको नेप्सेले जनाएको छ ।

कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको र पुन संशोधन गर्दै उक्त हकप्रद शेयर जारी गर्ने प्रस्ताव हटाएको थियो ।

नेप्सेले धितोपत्रको उक्त कम्पनीलाई दोस्रो बजारमा कारोबार रोक्का गरेको तीन कार्यदिन भित्र के कति कारणबाट हकप्रद शेयर जारी गर्ने भन्ने प्रस्ताव राखि, पुन हटाई संशोधन गरेको हो ? साथै हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव किन समयमै जानकारी दिन नसकेको हो भन्ने बारेमा पनि स्पष्टिकरण पेश गर्न भनेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया