काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले नागरिक लगानी कोषका ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न योग्य लगानीकर्ताले चैत १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
कोषको न्यूनतम मूल्य रू. १ हजार ५४० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया