काठमाडौं– रुकुम पश्चिम, रुपेन्देही, नवलपरासी -पूर्व_, बारा, चितवन र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम– बाछिकोट गाउँपालिका-३ दहखोलामा लु.१ ज २६८६ नम्बरको जीप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २६ वर्षीय चालक टेफान बिकको घटनास्थलमै शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी टेफानकी ५ वर्षीया छोरी बिमला बिकलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम हुँदै नेपालगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
रुपेन्देही– बुटवल उपमहानगरपालिका-१२ स्थित महेन्द्र राजमार्गमा लु.१४ प ३७५८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका गुल्मिका २४ वर्षीय पैदलयात्री राजकुमार अधिकारीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी –कावासोति नगरपालिका-६ बेलचोकस्थित सडकमा लु.१२ प ७४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३२ वर्षीय डम्बरबहादुरको सारुको कालिगण्डकी अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको छ ।
बारा– निजगढ नगरपालिका-९ भमरापुलस्थित पुर्वपश्चिम राजमार्गमा शुक्रबार बेलुका ग.२ च २३२५ नम्बरको ट्याक्सी र बा.२ ज २११७ नम्बरको बुलेरो गाडी एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय आकाश माझी र ट्याक्सीमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय बिशाल माझीको प्रशुति गृह अस्पताल निजगढमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने समुन्द्र श्रेष्ठलाई प्रशुति गृह अस्पताल निजगढ हुँदै थप उपचारको लागि भरतपुर पुरानो मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ भने घाइते भएका अन्य २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
चितवन– राप्ती नगरपालिका-६ हर्दी स्थित पुर्वपश्चिम लोकमार्गमा हाल नम्बर नखुलेको सवारी साधनले ना.४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका-१ बस्ने २९ वर्षिय रमेशबाबु त्रिपाठीलाई उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा शनिबार दिउसो बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
धादिङ– बेनिघाट रोराङ गाउँपालिका-३ मालिङ्गास्थित पृथ्बी लोकमार्गमा ना.७ ख ५२८१ नम्बरको यात्रुबाहक बस र बा.१ प ९७७ नम्बरको पर्यटक बस एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ना.७ ख ५२८१ नम्बरको बसका चालक चितवन पिप्ले बस्ने ४० वर्षीय ईश्वर भण्डारीको गजुरी अस्पतालमा उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २२ जनाको मलेखु अस्पताल र ९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया