प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से, २३ कम्पनीको शेयरमुल्यमा वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।

सोमबार २४.०८ अंक घटेर २५१४.३९ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १०.०४ अंक बढेर २५२४.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३७ कम्पनीको ५६ लाख ३० हजार ५० रुपैयाँ बराबरको ६ हजार ३३८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया