काठमाडौं – मोदी इनर्जी लिमिटेडले दुई आर्थिक बर्षको साधारण सभा एकै पटक गर्ने भएको छ । कम्पनीले आव २०७५/७६ र आव २०७६/७७ (दोस्रो र तेस्रो ) साधारण सभा आगामी चैत्र ३१ गर्ने भएको हो ।
सो दिन ३ बजे काठमाडौंको डिल्ली बजार स्थित कम्पनीको कार्यलयमा नै उक्त साधारण सभा हुने छ । गत चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठले सो दिन साधारण सभा गर्ने भएको हो ।
साधारण सभामा औपचारिक बिषयमा नै सम्बन्धी प्रस्ताव नै पारित हुनेछन् । यसका अलावा कम्पनीको अधिकृत र जारी पुँजी बृद्धि गर्ने र सोही अनुसार प्रवन्धपत्र संसोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिने छ ।
प्रतिक्रिया